काठमाडौं– नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
एमाले ललितपुरका पूर्वउपाध्यक्ष समेत रहेका सिलवाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सिलवाललाई प्रवेश गराइएको समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमिल्सिनाले बताएका छन्।
सिलवाललाई अध्यक्ष नेपालका अलवा समाजवादीका केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरलगायतका नेताहरूले स्वागत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।