काठमाडौं– २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। दुई क्लबबीचको खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।
विजेता टोलीले फाइनलमा विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ। बुधबार मछिन्द्र क्लबलाई ३–१ ले हराउँदै एपिएफ फाइनल पुगेको हो।
मनाङ क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो भने आर्मीले भने थ्री स्टारलाई १–० ले हराउँदै मनाङसँगको भेट पक्का गरेको हो।
आहा रारा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।