काठमाडौं- राष्ट्रिय सभाको सदस्यमा मुस्लिम समुदायबाट डा खालिद सिद्दिकी निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा मुस्लिम समुदायको प्रतिनिधित्व गरेका सिद्दिकी निर्वाचित भएका हुन्। देशमा गणतन्त्र स्थापना भएपछि राष्ट्रिय सभामा निर्वाचित हुने उनी पहिलो सांसद हुन्।
उनी मधेश प्रदेशमा सत्ता गठबन्धनमा उम्मेदवार बनेका थिए। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका सिद्दिकीले ६,६७८ मतभार ल्याए।
यस्तै, उनका निकटम प्रतिद्वन्द्वी प्रतिपक्षी गठबन्धन नेकपा (एमाले)का उसमान अन्सारीले २,७६६ मतभार प्राप्त गरे।
सिद्दिकीलाई १७१ जना स्थानीय जनप्रतिनिधि र ७५ जना प्रदेश सभा सदस्यले मत दिएका थिए। पराजित अन्सारीलाई ८५ स्थानीय जनप्रतिनिधि र २५ जना प्रदेश सभा सदस्यले मत दिएका थिए।
सिद्दीकी इस्लाम धर्मका साथै उर्दू भाषाका ज्ञातासमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।