काठमाडौं- मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन्।
बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र)की अर्याल विजयी भएकी हुन्।
उनीसँग नेकपा (एमाले)–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी रुपाकुमारी यादव पराजित भइन्। उनी लोसपाकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।