काठमाडौं- राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्ट र नेकपा (एकिकृत समाजवादी)का उदय बोहरा विजयी भएका हुन्।
यस्तै, नेकपा (एमाले)की गंगा थापा महत, चूडामणि शर्मा र पदमबहादुर माझी भने पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।