काठमाडौं– बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
खुलातर्फ कांग्रेसका नारायणदत्त मिश्र विजयी भए। उनी प्रदेशसभातर्फको १ हजार ८७२ मतभार र स्थानीय तहतर्फको १ हजार ८७२ मतभार प्राप्त गरी विजयी भएका हुन्। उनीसँग एमालेका डिल्ली राज जोशी पराजित भए।
यस्तै, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भए। उनले प्रदेशसभातर्फको १ हजार ८७२ मतभार र स्थानीय तहतर्फको १ हजार ८९० मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनीसँग एमालेका नरेश विक पराजित।
महिला सदस्यतर्फ नेकपा एकीकृत समाजवादीकी मदनकुमारी (गरिमा) शाह विजयी भइन्। उनले प्रदेशसभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाइन्। उनीसँग एमालेकी सन्तोषी कुमारी थापा पराजित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।