काठमाडौं- गण्डकी प्रदेशबाट नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्त राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।
बुधबार भएको निर्वाचनमा उनी तीन हजार ८४ मतभारका साथ विजयी भएकी हुन्। उनलाई सत्ता गठबन्धनका दलहरुको समर्थन थियो।
पार्टीमा रामचन्द्र पौडेलनिकट पन्त गोरखाकी हुन्। गत महाधिवेशनमा सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्यायसँग पराजित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।