काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन्।
उनी दलिततर्फबाट गठबन्धनका साझा उम्मेदवार थिए।
उनले प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर विजयी भएका हुन्।
नेकपा एमालेका उम्मेदवार नरेश विकले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मत प्राप्त गरेका छन्।
बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा सदस्यका लागि मतदान भएको थियो। बुधबार रातिसम्म सबै प्रदेशको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।