काठमाडौं- राष्ट्रिय सभा सदस्य पदमा सुदूरपश्चिमबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गरिमा शाह विजयी भएकी छन्।
उनी पाँच दलीय सत्ता गठबन्धनबाट महिलातर्फ उम्मेदवार थिइन्। शाहले प्रदेशसभातर्फ १८७२ र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।
एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्। राष्ट्रियसभा सदस्यमा विजयी भएकी शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।