काठमाडौं– बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ।
जसअनुसार लुम्बिनी प्रदेशमा महिलातर्फ राजेन्द्रलक्ष्मी गैरे विजयी भएकी छन्। उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी थिइन्। उनलाई सत्तागठबन्धन आवद्ध अन्य दलले पनि समर्थन गरेका थिए।
एमालेकी भारती खनाल उपाध्यायलाई पराजित गर्दै गैरे विजयी भएकी हुन्।
गैरेले ४ हजार ३७४ मतभार पाउँदा उनकी प्रतिष्पर्धी उम्मेदवार उपाध्यायले ३ हजार ३१२ मतभार पाएकी छन्।
आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार रातिसम्म मत परिणाम आइसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।