काठमाडौं- बुधबार भएको राष्ट्रिय सभाको निर्वाचनमा २००७ मतदाता मात्रै सहभागी भएका छन्। कूल २०२५ मतदाता थिए।
आयोगले विज्ञप्तिमार्फत सातै प्रदेशमा भएको मतदानको कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि जनाएको छ।
‘केही समयपछि स्थानीयस्तरमा राजनीतिक दलहरुसँग छलफल गरी मतगणनाको कार्य प्रारम्भ हुनेछ’, आयोगको विज्ञप्तिमा भनिएको छ।
निर्वाचनमा १९ स्थानका लागि ४३ जना प्रतिस्पर्धामा उत्रिएका थिए। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल लाइभसँगको कुराकानीमा बुधबार रातिसम्म मत परिणाम आइसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।