काठमाडौं– नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा १० टोलीको सहभागिता हुने भएको छ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो संस्करणको ७ टोलीबाट थप ३ टोलीका साथ कुल १० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने छ। यसपटक पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जनाएको छ।
यद्यपि, कोरोना महामारीको स्थिति हेरेर एकै शहरमा गर्ने सम्भावना रहेको पनि आयोजकले जनाएको छ। २०७८ वैशाख-जेठमा भएको पहिलो संस्करणको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए।
कोरोनाले प्रभावित पारेको खेलमा काठमाडौं रेजर्सले फाइनलमा धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।