फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा निर्वाचन सुरु हुनासाथ झडप भएको छ।
धनुषास्थित जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो। बुधबार बिहान ९ बजे मतदान सुरु हुनै लाग्दा जनमत पार्टीका कार्यकर्ता मतदानस्थलमा प्रवेश गर्न खोजेपछि तनाव भएको थियो।
त्यसपछि प्रहरीले लाठी चार्ज गरेको थियो। त्यसक्रममा प्रहरीले पाँच राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो । अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। किसानलाई मलको अभाव भएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पहिला मल दिनुपर्ने अनि मात्र मतदान हुनुपर्ने बताएका थिए।
सीके राउत नेतृत्वको जनमत पार्टी किसानलाई मलको माग गर्दै केही समय यता आन्दोलनमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।