फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि हुने राष्ट्रिय सभा निर्वाचनमा अन्य दलका उम्मेदवारलाई मत नदिने निर्णय गरेको छ।
मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा पार्टीका उम्मेदवारहरुलाई मत दिन र अन्य प्रदेशमा मतदानमा सहभागी नहुन निर्देशन दिएको महामन्त्री भुवन पाठकले जानकारी दिए।
प्रदेश १ मा राप्रपा उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।