काठमाडौं– पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलपछिका खेलमा दर्शकलाई रंगशाला प्रवेश दिइने भएको छ।
आयोजक सहारा क्लब पोखराले सामाजिक संजालबाट सेमिफाइनलबाट दर्शकलाई प्रवेश दिइने जनाएको हो। सहाराले दर्शकहरुलाई स्थानीय प्रशासनले लागु गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न अनुमति दिइने जनाएको छ।
सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने बताएको क्लबले कति संख्यामा प्रवेश गराउनेबारे भने खुलाएको छैन। यसअघिका खेलमा दर्शकलाई प्रवेश दिइएको छैन।
आयोजकले खेल हेर्न ३ सयको टिकट दर राखेको छ। टिकट प्रभु पे बाट किन्न सकिन्छ। प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।