काठमाडौं- माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन्। स्वास्थ्योपचार गरी आइतबार स्वदेश फर्किएका नेता पुन सोमबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
भेटमा प्रचण्डले पुनको स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन्।

पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो। यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा पनि उपचार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।