काठमाडौं– फरवार्ड मारियो बालोटेलीले इटालीको राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्। इटालीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेली अटाएका हुन्। उनी झन्डै चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्।
प्रशिक्षक रोबर्टो मान्सिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धको खेलका लागि घोषणा गरेको प्रारम्भिक टिममा बालोटेलीलाई समेटेका हुन्।
३१ वर्षीय बालोटेलीले इटालीका लागि सेप्टेम्बर २०१८ मा नेसन्स लिगको पोल्याण्डविरुद्धको खेल खेलेका थिए।
बालोटेली अहिले टर्कीको एडना डेमिरस्पोरबाट खेलिरहेका छन्। सन् २०१० देखि राष्ट्रिय टोलीमा रहेका बालोटेलीले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।