काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।
बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू भएकाले महत्त्वपूर्ण राजनीतिक र संवैधानिक निर्णय नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।