काठमाडौं– आउँदो बुधबार (माघ १२ गते) हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी भएको छ।
कोरोनाका कारण स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै निर्वाचन गर्न सम्भव भएको भन्दै निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको हो।
राष्ट्रिय सभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि आयोगले २१ बुँदे सुरक्षा मापदण्ड स्वीकृत गर्दै पारित गरेको छ।
मतदान तथा मतगणना कार्यमा संलग्न सबै कर्मचारी, दल तथा उम्मेदवारका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयम्सेवकलगायत सबै सरोकारवालाले आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने हुन्छ।
यस्तो छ आयोगले जारी गरेको २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।