काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा बायर्नले हेर्था बर्लिनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
हेर्थाको मैदानमा सम्पन्न खेलमा कोरेन्टिन टोलीसोको गोलमा बायर्नले २५ औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो।
खेलको ४५ औं मिनेटमा थोमस मुलरले गोल गर्दै पहिलो हाफमा बायर्नलाई २–० को अग्रता दिलाए। लोरी सानेले ७५ औं मिनेटमा गोल गरेपछि बायर्नको अग्रता तेब्बर बन्यो।
खेलको ७९ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ४–० गोलको स्थितिमा पुर्याए। त्यसपछि खेलको ८० औं मिनेटमा जुर्गेनले एक गोल फर्काएसँथै बायर्न ४–१ गोल अन्तरले विजयी भयो।
जितसँगै २० खेलमा ४९ अंक जोडेको बायर्न शीर्ष स्थानमा यथावत छ। पराजित हेर्था २२ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।