काठमाडौं– स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले जित निकालेको छ। घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ।
बार्सिलोनाको जितमा खेलको ८७औं मिनेटमा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो। उनले फेरान टोरेसको पासमा गोल गरेका थिए।
घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोस लुइस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिन पुगेको थियो।
जितसँगै बार्सिलोनाले २१ खेलबाट ३५ अंक जोडेको छ। पराजित एलाभेस २२ खेलबाट १७ अंक जोडेर १९औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।