काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ।आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा हाकिम जिएच र थियागो सिल्भाले समान एक/एक गोल गरे। चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ४७ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५५ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए।
जितसँगै २४ खेलबाट ४७ अंक जोडेको चेल्सी लिग तालिकाको तेस्रो स्थानमा रहेको छ।पराजित टोटेनहम ३६ अंकका साथ सातौं स्थानमा रहेको छ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५७ तथा दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अंक छ। शीर्ष स्थानको सिटीले एक तथा लिभरपुलले दुई खेल कम खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।