फाइल तस्बिर
काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचन असोजपछि गर्ने सहमति भएको संकेत गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो संकेत गरेका हुन्।
आइतबार साँझ भट्टराईले ट्विटरमा लेखेका छन्- 'संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधानबमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ! आफ्नो आङको भैँसी नदेख्नेहरूले अरूको आङको जुम्रा देखाएर जनतामा भ्रम नछरून्!'
स्थानीय तह निर्वाचनबारे गठबन्धनले आज बालुवाटारमा कानुनविद्हरुसँग छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।