काठमाडौं– संविधान बमोजिम निर्वाचन सम्बन्धी ऐन संशोधन गर्न कानुनविद्हरुले सझुाव दिएका छन्।
आइतबार सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा आफूहरुले संविधान र ऐनमा भएको व्यवस्था एक–आपसमा बाझिएकाले ऐन संशोधन गर्न सुझाव दिएको वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताए।
समितिको बैठकमा कानुनविदहरुले बालुवाटारमा छलफल गरिएको थियो। सोही छलफलमा सबै कानुनविदहरुले कानुनी जटिलता फुकाउन सुझाव दिएका हुन्।
‘संविधान बमोजिम ऐन नबन्दा केही जटिलताहरु देखिएका छन्। संविधानमा जे जस्तो व्यवस्था भएको छ। त्यसअनुसारको कानुनलाई संशोधन गर्न जरुरी छ’, श्रेष्ठले बैठकपछि भने, ‘त्यो ऐन संशोधन भयो भने त्यसले समस्यालाई निकास दिन्छ। यही नै छलफल भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।