काठमाडौं- कानुनविद्हरुले संविधानसँग बाझिएको कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा उपस्थित कानुनविद्हरुले सो सुझाव दिएका हुन्।
सत्ता गठबन्धनका नेताहरुले स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने अन्योलका बीच कानुनविद्हरुसँग छलफल गरेका थिए।
‘स्थानीय तहको ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकोले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएको कानुन बाझिएको हकसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकोले सोही अनुसार कानुन संशोधन गर्ने सुझाव प्राप्त भएको छ’, बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।
केही प्रतिनिधिमूलक कानुन व्यवसायीहरु मात्रै बालुवाटारको छलफलमा उपस्थित भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।