काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको निरीक्षण गरेका छन्। हिमपात, शीत लहर, अत्यधिक चिसोलगायत विपद्को जोखिम बढेपछि न्यूनिकरणका लागि आवश्यक पर्ने पूर्वतयारीबारे जानकारी लिनका लागि गृहमन्त्री खाणले केन्द्रको अवलोकन गरेका हुन्।
सिंहदरबारमा रहेको केन्द्रले प्राकृतिक विपद्को न्यूनिकरणका लागि योजना बनाउने र विपद्बाट क्षति हुन नदिन कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउँछ।
निरीक्षणका क्रममा मन्त्री खाणले केन्द्रले अहिले हिमपात, शीत लहरबाट हुनसक्ने जोखिम एवं सम्भावित जनधनको क्षति न्यूनिकरणका लागि पूर्वतयारी एवं प्रतिकार्यका लागि गरेको प्रयासबारे जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।