• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिको शीतलहरमा ‘जय मधेश!’

64x64
सरोजराज अधिकारी आइतबार, माघ ९, २०७८  १८:४४
1140x725

पहिलो संविधानसभाको निर्वाचन, २०६४। सुनसरी क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी थिइन् गिरिजाप्रसाद कोइरालापुत्री, सुजाता। यो गिरिजाबाबुको परम्परागत निर्वाचन क्षेत्र थियो। २०४८ यताका सबै संसदीय निर्वाचनमा गिरिजाबाबुले मोरङका अलावा यस निर्वाचन क्षेत्रबाट पनि जित्दै आएका थिए। फोटो पत्रकार चन्द्रशेखर कार्की, बलराम बानिया (दिवंगत) र म केही स्थानीय संवाददातासहित चुनावी रिर्पोटिङका क्रममा त्यहाँ पुगेका थियौं। यो क्षेत्रको सीमावर्ती इलाकामा सुजाताका चुनावी भेलाहरु रहेको सूचना पनि पाएका थियौं।

बाटो बिराएर हाम्रो गाडी दशगजा पारी पुगिसकेको रहेछ। सीमामा रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले पोजिसन लिइसकेका थिए। गाडीबाट ओर्लेर परिचय दियौं, उनीहरु थामिए। सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीमा प्रायः नेपालीभाषी जवानहरु नै तैनाथ हुन्छन्। सुजाता आइनपुगेकाले हामी केही घरहरुमा गयौं र पाका मतदातासँग कुराकानी गर्न थाल्यौं। अचम्म, ती पाका मतदातामा कोइराला परिवारप्रति अगाध सम्मान थियो। 

मुस्लिम र मधेशी बहुल यस क्षेत्रमा अभावको सानो घर हुनुका बाबजुद कतिपयले सिंगो एउटा कोठा गिरिजाबाबु र बीपी कोइरालाका नाममा समर्पण गरेका रहेछन्। हामी घुमेका दर्जन बढी घरमध्ये गिरिजाबाबु र एकाधमा त बीपीले पनि पाइला टेकेका रहेछन्। भ्रमणका क्रममा बीपी र गिरिजाबाबुले भेटघाट गरेका तिनै कोठालाई उनीहरुले पूजा कोठासरह सजाएका रहेछन्। विशेष आगन्तुक आउँदाबाहेक चाबी लगाएर बन्द राखिने ती कोठामा बीपी र गिरिजाबाबुका तस्बिरहरु सजिएका थिए। हामी सबैले निश्कर्ष निकाल्यौं, यस भेगको सबै भोट कोइराला परिवारका लागि सुरक्षित रहेछ। तर, कुराकानीका क्रममा हामी थप आश्चर्यमा पर्‍यौं। कोइराला परिवारप्रति त्यत्रो सम्मानका बाबजुद उनीहरुले सुजाताको उत्तराधिकारलाई ठाडै अस्वीकार गरिदिए।

गुनासो त उनीहरुको गिरिजाबाबुप्रति नै रहेछ। २०४८ यता हरेकपटक दुई स्थानबाट चुनाव जितेका गिरिजाबाबुले मोरङ रोज्दै र सुनसरी छाड्दै आएका थिए। यद्यपि परम्परागत सम्मान र ‘हामीले जिताएको मानिस देशको प्रधानमन्त्री छ’ भन्नकै लागि पनि त्यहाँका मतदाताले गिरिजाबाबुलाई जिताउँदै आएका रहेछन्। तर, पटकपटक प्रधानमन्त्री भए पनि गिरिजाबाबुले यस भेगको विकासका लागि खासै केही नगरेको गुनासो उनीहरुको थियो। यसपटक त स्वयम् गिरिजाबाबु नै चुनाव उठे पनि पहिलाजस्तो मत नपाउने दाबी केही पाका मतदाताले गरे। विदेश भासिनबाट जोगिएका युवाका मन-मस्तिष्कमा त तिनताका बेग्लै किसिमको आगो दन्किएको थियो।

त्यो आगो मधेश आन्दोलनको आगो थियो। २०६४ फागुन १६ मा नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आठ बुँदे सहमति भएपछि मात्र चैतमा चुनाव संभव भएको थियो। यसबीच मधेशकेन्द्रित दल उनै कोइराला सरकारविरुद्ध आन्दोलनमा होमिएका थिए। आन्दोलनको राप र ताप मधेशका कुनाकुनासम्म थियो। युवाहरुमा त्यही आन्दोलनको आगो थियो जसले कतिपय पाका मतदातालाई समेत तताइसकेको थियो।

त्यस चुनावमा उपेन्द्र यादव मोरङ-५ र सुनसरी-५ बाट प्रत्यासी बनेका थिए। त्यसैगरी कांग्रेस त्यागेर मधेशी जनअधिकार फोरम पुगेका विजयकुमार गच्छदार मोरङ-७ र सुनसरी-३ मा प्रत्यासी थिए। सुनसरी-५ मा सुजाता भएझै मोरङ-७ मा गच्छदारसँगको भिडन्तमा थिए, कोइराला परिवारकै डा शेखर। आन्दोलनको राप र ताप त थियो तर त्यसले ब्यालेट बक्सलाई मधेशी दलको पक्षमा कति तताउन सक्छ, अनुमान गर्न कठिन थियो। त्यसैबीच एउटा हल्ला चलेको थियो- फोरम र कांग्रेसबीच भित्री सहमति भएको छ, सुनसरी-५ मा फोरमले सुजातालाई सघाउने, मोरङ-५ मा कांग्रेसले उपेन्द्रलाई सघाउने। त्यसैगरी मोरङ-७ मा फोरमले शेखरलाई र सुनसरी-३ मा कांग्रेसले गच्छदारलाई सघाउने।

सुनसरी छाडेर अर्को दिन मोरङ पुग्दा यो हल्ला पनि पानीको फोकाजस्तै फुट्यो। एउटा विशाल चुनावी सभालाई सम्बोधन गर्ने क्रममा हल्ला चलेको ‘सहमति’तर्फ इंगित गर्दै गच्छदारले भने, ‘हामी शाहवंशलाई राज्यसत्ताबाट फालेर आएका हौं। वंशवादको विरुद्ध लडेका हामीले फेरि कोइरालाको वंशलाई सघाउँदै छौं भनेर यहाँ हल्ला चलाइएको छ। कोइराला परिवारका राजकुमार, राजकुमारीलाई सघाउन मैले कांग्रेस छाडेर आएको हो? कांग्रेसको रुख (चुनाव चिह्न) सुकिसक्यो, त्यसमा आगो झोसेर मसाल (फोरमको चुनाव चिह्न) लिएर आएको छु। अब यो मसालले कोइरालाको वंशवादलाई डढाइदिनेछ।’

त्यसैबेलादेखि हो, मधेशले आफ्नो ‘मालिक’ फेरेको। संघीयताको शंखनाद गरेको। संघीयताको पहिलो अभ्यासको अन्तिम वर्ष (कार्यकालका हिसाबले) मा आएर प्रदेश-२ ले दुईतिहाइ बहुमतका साथ आफ्नो नाम राखेको छ, मधेश प्रदेश। सांसदहरुलाई स्वतन्त्र छाडिदिएको भए सम्भवतः यत्तिकै मतका साथ प्रदेश संसद्‍को पहिलो बैठकले नै यो नाम राख्ने थियो। तर, ‘मधेश’ शब्दप्रति नै हेयको दृष्टि राख्ने राष्ट्रिय दलका पहाडे नश्लका प्रमुखहरुको असहमतिका कारण नामकरणमा ढिलाइ भयो। मनमा ‘मधेश’ भए पनि ठूला दलका सांसदहरु आ-आफ्ना मुखियाको डरका कारण मुखमा ‘मधेश’ ल्याउन हच्किए। नेकपामा आबद्ध दुई दल साविककै अवस्थामा फकिएपछि, एमाले विभाजन भएपछि र केपी ओली सत्ताबाट बाहिरिएपछि मात्रै नामकरणको साइत जुर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

मधेशप्रतिको हाम्रो वक्रदृष्टि
‘मधेश’ शब्दलाई लिएर सामाजिक सञ्जाल र सञ्‍चारमाध्यममा पनि पक्ष-विपक्ष देखापर्‍यो। विपक्षकाले त यतिसम्म भनिदिए कि यो २०६३ पछिको मधेश आन्दोलनका क्रममा लादिएको आयातीत नाम हो। राणाकाल अघिदेखिकै सरकारी फर्मान, त्यसयताका राजपत्र र स्वयम् बीपी कोइरालालगायतका साहित्यमा ‘मधेश’ यत्रतत्र भेटिन्छ। तीमध्ये केही पनि नपढेका विपक्षीसँग यो शब्दको इतिहासबारे तर्क गरेर समय वर्वादद गर्नुको यहाँ कुनै तुक छैन। प्रस्तावित अन्य नामहरु पनि नराम्रा थिएनन्, त्यसैले तिनको अपमान गरेर ‘मधेश’ नै ठीक हो भनी तर्क गर्नु उचित हुँदैन। तर, यति निर्धक्क भन्न सकिन्छ, ‘मधेश’ ले जसरी ती नामले पहिचानको सम्मानलाई बोक्न सक्दैन्थे। पछिल्लो चार वर्ष संघीयताको वास्तविक अभ्यास कुनै प्रदेशले गरेको थियो, छ भने त्यो यही प्रदेश हो। यस्तोमा अधिकांश पहाडे आँखाले देख्ने ‘भारतीय भगौडा, दलाल नभएर हामी नेपालभित्रकै आदिवासी मधेशी हौं’ भन्ने पहिचानभन्दा ठूलो के हुनसक्छ मधेशका जनतालाई? 

मेची-महाकालीसम्मका २२ जिल्लाको एउटै स्वायत्त ‘मधेश प्रदेश’ हुनुपर्छ भनेर संघर्षमा होमिएका थिए, मधेशवादी दल। यतिखेर ‘मधेश’ नामकरणलाई नै आफ्नो ऐतिहासिक जित मान्नुपर्ने अवस्थामा पुगेका छन्। यद्यपि ‘मधेश प्रदेश’ अहिलेसम्म राखिएका अन्य पदेशका नामका तुलनामा बढी पहिचानयुक्त छ। तर, पहिचान र स्वायत्तता माग्दा दोस्रो जनआन्दोलन भन्दा कैयौं गुणा बढी मधेशी जनताले सहादत दिएको मात्र ‘मधेश’ नामका लागि पक्कै थिएन। यो हेक्का मधेशकेन्द्रित दलहरुले राखेकै हुनुपर्छ।

समयक्रममा मधेशकेन्द्रित दलहरुभित्र आएको विचलनका कारण नै पहाडे मानसिकताविरुद्ध मधेशको संघर्ष कमजोर बन्यो। र, यतिखेर पनि मधेश आफ्ना सनैसनै मृत मुद्दाहरुको सिरानी हालेर सुतेको छ। ती मुद्दाहरु भित्रभित्रै भुसको आगो बनेर सल्किइरहेका त छन् तर, दियो बनेर उजेलिन सकेका छैनन्। कारण, जसजसलाई मधेशी जनताले आफ्ना मुद्दाहरुको मसिहाका रुपमा चुने, तिनीहरुले जुनजुन सत्ता र सत्ताधारीका विरुद्ध लडे, कालान्तरमा त्यसैको मतियार बनेर संघर्षलाई तुहाइदिए। यही विडम्बनाका कारण आज मधेशका मुद्दामाथि राजनीतिक शीतलहर परेको छ।

त्यसो त नेपालको सय वर्षको राजनीतिक इतिहासको मात्रै संक्षिप्त अध्ययन गर्ने हो भने पनि दौरा-सुरुवाल र ढाका टोपी लगाएर जति राष्ट्रघात भएको छ, त्यति धोती लगाएर भएको छैन। जति राष्ट्रघात ‘एउटै भाषा, एउटै भेष’ को नारा घन्काउनेले गरेका छन्, त्यति पहिचानसहितको स्वशासन माग्नेले गरेका छैनन्। नश्लीय आधारमै हेर्दा पनि पहाडेले जति मुलुकप्रति गद्दारी मधेशीले गरेका छैनन्। तर, केही सीमित मधेशी नेतालाई हेरेर, तिनका गतिविधि र राजनीतिक वक्तव्यबाजीलाई लिएर हामी उनीहरुलाई भारतीय दलाल करार गर्न एक क्षण पनि लगाउँदैनौं। यसो गरिरहँदा सिंगो मधेशका जनता, सहिद र सहिद परिवारको राष्ट्रियता, देशप्रेम र भाइचारामाथि पुग्ने ठेसप्रति कुनै हेक्का राखिरहेका छैनौं।

समाजमा विष फैलाउनेहरु
२०६१ फागुन अन्तिम साता, तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएको ठ्याक्कै एक महिनापछिको कुरा हो। ती दिनहरुमा मुलुकमा सामूहिक आत्महत्या बढिरहेको थियो। म दाङमा त्यसैको रिर्पोर्टिङ सकेर नवलपरासीको सीमावर्ती क्षेत्र सुरजपुरा (सूर्यपुरा) पुगेको थिएँ। केही अघिमात्रै सो गाउँका एक दम्पती आफ्ना सन्तानसहित नजिकैको गण्डक नहरमा हेलिएर बेपत्ता भएका थिए। गाउँमा सोधखोज गरेको देखेर मलाई स्थानीय माओवादी कार्यकर्ताले नियन्त्रणमा लिए र उल्टै सोधखोज सुरु गरे। ‘श्री ५ को सरकार’ लेखेको सूचना विभागको मेरो प्रेस पास हेरेपछि त उनीहरुले मलाई ‘सरकारी जासुस’ ठानेर केरकार गर्न थाले।

मैले केही माओवादी नेता चिनेको थिएँ, उनीहरुको नाम र नम्बर आफ्नो टेलिफोन डाइरेक्टरीमा देखाएँ पनि। र आफ्ना नेतालाई सोध्न भनेँ। कतिपय नेता उनीहरुले नै चिनेका रहेनछन्, कतिपयलाई फोन घुमाए तर सम्पर्क हुन सकेन। एक घण्टा जति पछि थप दुई युवा आए। तीमध्ये एकसँग नरेन्द्रजंग पिटरको नम्बर रहेछ, जुन मेरो टेलिफोन डाइरेक्टरीको नम्बरसँग मिल्यो। पिटरको पनि फोन लागेन तर, नम्बर मिलेकै कारण म ‘रिहा’ भएँ। त्यतिञ्जेल झमक्कै साँझ परिसकेको थियो।

म सरासर सुरजपुराको सानो बजार पुगेँ जहाँबाट सदरमुकामका लागि गाडी पाइन्थ्यो। गाडी त ६ बजे नै छुटिसकेछ। अडिइराखेको एउटा बस अर्को दिन बिहानका लागि रहेछ, जसका स्टाफहरु पनि लाखापाखा लागिसकेका थिए। करिब ७ बज्दै थियो । म सानो खाजा पसलमा चिया मगाएर सदरमुकाम पुग्ने अन्य विकल्पबारे सोधखोज गर्न थालेँ। सदरमुकाम पुग्ने विकल्प लगभग सकिएको निश्कर्षसहित सामुन्नेको गण्डक नहर परियोजनाका एक गार्ड दाईले रात काट्ने विकल्प सुझाए। म उनकै पछि लागेँ र सरकारी क्वार्टरमा आराम गरिरहेका परियोजना प्रमुखको सामुन्ने पुगेँ। उनी मलाई बास दिन तयार भएनन्। गेस्ट रुमको तालाको चाबी आफूसँग नभएको भनेर पन्छिए। मैले ताला फोडौँ, अर्को दिन त्योभन्दा बलियो ताला किनिदिन्छु भन्दा पनि मानेनन्। यद्यपि मैले आफ्नो परिचय खुल्ने सबै कागजपत्र देखाएको थिएँ। तर पनि, उनको डर त्यही थियो, यसरी अन्जान मानिसलाई बास दिँदा भोलि माओवादी वा सुरक्षा निकायको केरकारमा परिने हो कि?

म फर्कें। र पसलमै आएँ। आठ बजिसकेको थियो। पसले चाचाले डेढ सय रुपैयाँ लिएर खटियामाथि दरी ओछ्याइदिए, एउटा कम्बल दिए। उनको डर बेग्लै थियो। तीन किलोमिटर परमात्र रहेको भारततिरबाट बेलाबखत ‘गुण्डा’हरु आएर सताउने रहेछन्। सीमापारका स्थानीय चल्तापुर्जा, नेताका आफन्तीहरु पुलिस नै लिएर आइ जाडँरक्सी पिएर स्थानीयलाई दुःख दिने गर्दा रहेछन्। बलात्कारका घटना पनि दोहोरिइरहने रहेछ त्यस क्षेत्रमा, सीमापारका ‘गुण्डा’ र सुरक्षाकर्मीबाटै।

भोक उडिसकेको थियो, म कम्बलमा गुटुमुटु पर्नै लागेको थिएँ। अघिका गार्ड दाइ आए र मलाई आफूसँगै लगे। एउटा सानो कोठामा भान्छा, बिस्तरा, लुगाफाटा राख्ने सानो दराज सबै अटाएको थियो। परियोजना परिसरमै लगाएको साग टिपेर झोल राखेका रहेछन्, मैले उनीसँगै साग-भात खाएँ। उनले आफूले जिम्मा लिने सर्तमा हाकिमलाई मेरो पुनःप्रवेशका लागि मनाएका रहेछन्। ओढ्ने-ओछ्याउने मिलाइदिए, मलाई निष्फिक्री सुत्न भने। र, आफू एक हात लामो टर्चलाइट र लालटिन लिएर ड्युटीमा निस्के। बिहान उनले नै पकाएको चिया पिएर म बाहिर निस्केँ र ६ बजेको बस चढेर सदरमुकाम फर्किएँ।

अघिल्लो दिन मसँग जोडिएका सबै पात्र मधेशी थिए, नियन्त्रणमा लिएर गाडी छुटाइदिने माओवादी युवा, परियोजनाका हाकिम, गार्ड दाइ, पसले चाचा आदि। एकै साँझका केही घण्टामा कुनै मधेशी मेरा लागि राक्षस त कुनै भगवानसरह भएका थिए। गहिरिएर हेर्ने हो भने सबैसँग मसँग त्यस किसिमको व्यवहार गर्नुपर्ने आ-आफ्नै कारण थिए। असहयोगीहरु आफ्ना मजबुरीले थिचिएका थिए भने सहयोग गर्नेहरु मनले खुलेका। आखिर यही नै त समाज हो। मानवनिर्मित समाजमा हुने नै यस्तै हो। तपाईंसँग पनि अर्को कुनै समाजको यस्तै अनुभव हुनसक्छ, सम्झनुस् त। हामी कुनै धर्मग्रन्थको देवलोक वा दैत्यलोकमा थोडी न छौं।

तर, यतिखेर संघीय राजधानी वा विश्वको कुनै कुनामा बसेर गुगल म्याप हेरेकै भरमा फलानो समाज यस्तो, फलानो व्यक्ति उस्तो, फलानो राष्ट्रघाती, ढिम्कानो राष्ट्रवादी भनेर विश्लेषण गर्ने प्यारासुट बुद्धिजीविका कारण समाज ध्रुवीकृत बन्दै गइरहेको छ। ट्विटर, फेसबुकको एक पोस्ट होस् वा टेलिभिजनका पर्दामा चिच्याएर। वा अखबार र डिजिटल सञ्‍चारमाध्यममा एउटा निश्चित वर्ग, समुदाय, जाति र लिंगप्रति विषवमन गरेर त्यस्ता बुद्धिजीविहरुले समाजमा घृणाको सञ्चार गराइरहेका छन्। समाजलाई विभक्त पार्ने प्रयास गरिरहेका छन् ।

गुम्सिएको तुफान
सत्तामा मधेशकेन्द्रित दल र तिनका नेताहरुको रजाइँ खासगरी गणतन्त्र स्थापना (२०६५) पछि सुरु भएको हो। सँगसँगै उनीहरुमा विचलन पनि देखापरेको हो। तर, के मधेशी जनताले उनीहरुलाई नसिहत दिएका छैनन्? राजेन्द्र महतोलाई सर्लाहीबाट लखेटेर धनुषा, महन्थ ठाकुरलाई सर्लाहीबाट महोत्तरी, उपेन्द्र यादवलाई मोरङ र सुनसरीबाट लखेटेर सप्तरी (चुनावी प्रतिस्पर्धाका लागि जिल्ला, निर्वाचन क्षेत्र फेर्न बाध्य भएको आधारमा) कसले पुर्‍यायो? मधेशी जनताले होइन? २०४७ यताकै राजनीतिक इतिहास हेर्ने हो भने पनि मूलधारका भनिने दल र सत्तामा तिनै अनुहार दोहोरिइरहेका र पुरानै गल्ती दोहोर्‍याइरहेका छन्। तर, कोइराला, देउवा, ओली, नेपाल, दाहाल, थापाहरुको हालीमुहालीप्रति हाम्रो खासै आपत्ति छैन। किनकि, यिनीहरु हामीजस्तै गोरो, गहुँगोरो देखिन्छन्। हाम्रोजस्तै भाषा बोल्छन्। गुणस्तर फरक होला, उस्तै खाले पहिरन लगाउँछन्। मिठो-मसिनोको मात्रा फरक होला, उस्तै-उस्तै किसिमका खाना खान्छन्।

मानिसहरु भन्छन्, मधेशीलाई चाहिएको चाहिँ के हो? जनजाति, मुस्लिम, अल्पसंख्यक, महिला, दलितले खोजेको के हो? समावेशिता र पहिचानका विषयमा यस मुलुकमा दशकौंदेखि बहस भइरहेको छ। अझै पनि एकथरी केही नबुझेजस्तो गरी सीमान्तकृत समुदायले लडेर स्थापित गरेको समावेशिताले आफ्नो पैत्तृक सम्पत्ति लुटिएको भावमा रोदन गरिरहेका छन्। संक्षिप्तमा भन्ने हो भने, यहाँ कसैले कसैको भाग खोजेको छैन। बस्, यो मुलुकमा कायम कोही दिइरहने र कोही मागिरहने व्यवस्थाको अन्त्य खोजेको हो। सहअस्तित्व र समान हक खोजेको हो। उत्पीडन र विभेदको अन्त्य खोजेको हो। नेपाल सरहदभित्र नेपालीको हैसियतमा सम्मानजनक रुपमा बाँच्ने अधिकार खोजेको हो।

र, यो खोजी जारी छ, रहन्छ। जबसम्म मुद्दाहरु रहन्छन्, संघर्षको सम्भावना जीवित रहन्छ। सप्तरी सदरमुकामस्थित स्वः गजेन्द्रनारायण सिंहको शालिकमुनिको पर्खालमा लेखिएको छ, ‘जब तक शोषित इन्सान रहेगा, धरती पर तुफान रहेगा।’ समाजमा अहिले पनि शोषण छ, त्यसैले तुफान पनि छ। त्यो तुफान सहिद परिवारका आँखामा सपना बनेर अडिएको छ, मुसहर बस्तीको धीपधीप बल्ने चुल्होमा गुम्सिएको छ। शोषण नदेख्नेले तुफान पनि देख्दैन। र तुफान सधैंभर देखिइरहँदैन। तर, जुन दिन तुफान हर्कतमा आउँछ, धेरै कुरा बढारेर लैजान्छ। आशा गरौं, त्यसबेला बढारिने वस्तुहरु फोहोरमात्र हुने छन्। जय मधेश।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सरोजराज अधिकारी
लेखकबाट थप
शेरबहादुर देउवाका पक्षमा !
प्रचण्डको बाटो : राजनेता कि राजनीतिक बिचौलिया?
माधव नेपालको बाटो!
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्