फाइल तस्बिर।
काठमाडौं– सत्तारुढ उच्चस्तरीय राजनीतिक समन्वय समितिले स्थानीय तह निर्वाचनका विषयमा कानुनविद्सँग परामर्श गर्ने भएको छ।
आज, आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा स्थानीय निर्वाचनका विषयमा कानुनविदसँग परामर्श गर्न लागिएको एक नेताले बताए।
यसअघि सत्ता गठबन्धनको बैठकमा कानुनविद्सँग परामर्श गरेर मात्रै स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति भएको थियो। त्यसैअनुरुप आज छलफल गर्न लागेका हुन्।
स्थानीय तहको निर्वाचन यसअघि तीन चरणमा भएको तथा संविधान र निर्वाचन ऐन एकआपसमा बाझिएपछि कुन समयलाई डेटलाइन मानेर जाने भन्ने विषयमा छलफल गर्न लागिएको हो।
निर्वाचन आयोगले भने वैशाखमै स्थानीय निर्वाचन गर्न सुझाइसकेको छ। उसले सरकारलाई मिति समेत सिफारिस गरिसकेको छ। अब सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन गर्ने विषयमा एकमत भएपछि सरकारले मिति घोषणा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।