काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी तथ्यांकमा हराएको २४ लाख खोपबारे प्रश्न उठाएका छन्।
हालै शेरबहादुर देउवा सरकारले सार्वजनिक गरेको ६ महिनाको प्रगतिको बारे टिप्पणी पार्टीकाे धारणा सार्वजनिक गर्दै ओलीले खोप कसले बेचेको हो भनी जवाफ मागेका छन्।
‘कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुन थालेको छ। पूर्ववर्ती सरकारले शून्यबाट सुरु गरेर ८० भन्दा बढी प्रयोगशाला, दर्जनौं कोभिड अस्पताल, हजारौँ शय्या, अक्सिजन प्लान्ट, थप पूर्वाधार एवम् पर्याप्त खोपको प्रबन्ध गरेको थियो। तर, यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र जज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले नै दिइरहेका छन्। कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ? ’
केही समय अघि स्वास्थ्य मन्त्रालयले यो मात्राको खोप तथ्यांकमा नदेखिएको अभिव्यक्ति दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।