काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाका सभामुखले प्रमुख प्रतिपक्ष दललाई विभाजन गर्न असंवैधानिक, असंसदीय र पदीय मर्यादाविपरीत काम गरेकाले संसद् अवरुद्ध हुन पुगेको बताएको छ।
आइतबार एक वक्त्वय जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षको आवाजलाई नसुनेर सत्तापक्ष एकहोरो आरोपित मात्रै गरिरहेको बताएका छन्।
‘प्रतिनिधि सभाका सभामुख नै प्रमुख प्रतिपक्ष दललाई विभाजन गर्न असंवैधानिक, असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न भएका कारण प्रतिनिधि सभा बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको छ’, वक्तव्यमा भनिएको छ, ‘तर,संविधानको मर्मविपरीत अध्यादेश ल्याएर प्रतिपक्ष दललाई विभाजन गर्न उद्दत् सत्तापक्ष प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न, यसका लागि प्रमुख प्रतिपक्षका आवाजलाई गम्भीरुतापूर्वक सुन्न र सम्बोधन गर्न तयार छैन।’
सत्तापक्षको गलत मनसायका कारण व्यवस्थापिका अकर्मण्यको अवस्थामा पुगेको एमालेको भनाइ छ। सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षललाई दिने व्यवस्थालाई समेत उपेक्षा गरिएको उसको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।