काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्र संविधानको भावना र मर्मविपरीत भएको टिप्पणी गरेका छन्।
आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि लिङ्देनले आपत्ति जनाएका हुन्। तत्काल आयोगको पत्रको जवाफ लेखेर पठाइने लिङ्देनले बताए।
‘निर्वाचन आयोगको पत्र संविधानको भावना र मर्मविपरीत छ। संविधानको भावना त्यस्तो होइन। त्यसको उचित जवाफ लेखेर पठाउँछौं’, नेपाल लाइभसँग कुरा गर्दै लिङ्देनले भने, ‘हामीलाई पूर्वाग्रहपूर्ण रुपमा पत्र लेखिएको छ।’
महाधिवेशनपछि नयाँ नेतृत्व, नयाँ विधान र पदाधिकारीको नाम बुझाउने अवस्था आएपछि आयोगले पत्र पठाएको लिङ्देनले बताए। आयोगको पत्रपछि राप्रपाले पदाधिकारी बैठक बोलाएर छलफल गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।