काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा युनाइटेडले वेस्ट ह्यामलाई १–० गोल अन्तरले हराएको हो।
खेलको इन्जुरी समयमा युनाइटेडका मार्कुस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो। उनले एडिन्सन काभानीको पासमा गोल गरेका थिए।
जितसँगै २२ खेलबाट ३८ अंक जोडेको युनाइटेड लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित वेस्ट ह्याम ३७ अंकका साथ पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।