काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत एस्टन भिल्लाले जित हात पारेको छ। शनिबार राति सम्पन्न खेलमा एस्टनले एभर्टनलाई १–० गोल अन्तरले हराएको हो।
एभर्टनको मैदानमा सम्पन्न खेलमा इमी बुन्डियाको गोलमा एस्टनले जित हात पारेको हो।इमीले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।
जितसँगै २१ खेलमा २६ अंक जोडेको एस्टन अंक तालिकाको १० औं स्थानमा रहेको छ। पराजित एभर्टन भने १९ अंकका साथ १६ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।