काठमाडौं- विभागीय टोली नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम ४ मा पुगेको हो।
पोखरा रंगशालामा एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो। खेलको ४७ औं मिनेटमा राइलीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत् गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए।
तर, ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काएका थिए। ८४ औं मिनेटमा सब्सिच्युड खेलाडी रवीले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए। अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।