काठमाडौं– स्पेनिस ला लिगा फुटबल रियल बेटिसले सहज जित निकालेको छ। शुक्रबार राति सम्पन्न खेलमा बेटिसले सुरुवाती अग्रता उल्ट्याउँदै स्पानियोललाई ४–१ गोल अन्तरले हराएको हो।
बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई गोल तथा गुइडो रोड्रिगेज र विलियन जोसेले समान एक÷एक गोल गरे। स्पानियोलका राउल डी टोमसले एक गोल गरेका थिए।
राउलले खेलको ८२ औं मिनेटमा रातो कार्ड पाएपछि स्पानियोल १० खेलाडीमा समेटिएको थियो।
जितसँगै २२ खेलबाट ४० अंक जोडेको बेटिस तेस्रो स्थानमा रहेको छ। पराजित स्पानियोल २७ अंकका साथ ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।