काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बस्ने भनिएको सर्वदलीय बैठक अनिश्चित बनेको छ।
औपचारिक रूपमा सर्वदलीय बैठक नबोलाइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। शुक्रबार सम्पन्न गठबन्धनको बैठकमा यसबारे अनौपचारिक छलफल मात्र भएकाले आज बस्ने/नबस्नेबारे कुनै निर्णय नभएको उनको भनाइ थियो।
सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।
स्थानीय तह तथा अन्य निर्वाचन एवं समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न शनिबार बिहान ९ बजे बैठक बस्ने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।