• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको सम्बोधनमाथि योगेश भट्टराईको टिप्पणी – सरकार असफल भएको घोषणा

64x64
नेपाल लाइभ शनिबार, माघ ८, २०७८  ०९:५७
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा शुक्रबार गरेको सम्बोधनलाई एमाले नेता योगेश भट्टराईले निराशाजनक रहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको वक्तव्यले सरकार पूर्णतः असफल भएको देखिएको भट्टराईले बताएका छन्। ‘प्रधानमन्त्रीको वक्तव्य थप लाजको पसारो भएको छ’ उनले भनेका छन्, ‘यो बक्तव्य सरकार पूर्णतः असफल भएको स्वयंको घोषणा हो।’

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको सम्बोधन पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभाष भएको टिप्पणी गरेका छन्।

प्राण र उत्साह नभएको वक्तव्य भन्दै भट्टराईले  कोभिड–१९ तेस्रो लहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केही हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भइरहँदा त्यसबाट आफ्ना नागरिकहरूलाई  जोगाउनु, त्यसको असरबीच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भ वक्तव्यले नसमेटेको बताएका छन्।

यस्तो छ भट्टराईको टिप्पणी
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केहि हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भईरहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई  जोगाउनु, त्यसको असरका बिच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वत्तव्य पुरै निराशाजनक रहेको छ । सरकारबाट आश गरेर होईन आफ्नै सक्रियता र पहलवाट आफ्नो ज्यानको रक्षा गर्नु बाहेक नागरिकसंग अर्को उपाय रहेन् ।

१. माघ ७ गतेवाट सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय भनि आदेश जारी गर्ने सरकारले अहिले पनि ६०% नागरिकलाई खोप दिन सकेको छैन् । खोप–खोप र खोप भन्दै सत्तारोहण भएका  प्रधानमन्त्रीले पौष सम्म दुई तिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावाखान पुगेको छ र आजको वक्तव्यमा त्यसको विश्वाशिलो आधार केही देखिदैन।  बुस्टर डोज त झन कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन् ।

२. अहिले सम्म १८ वर्ष मुनिका वालवालिका मध्ये अधिकाशं खोप पाएर स्कूल कलेज शुचारु हुनुपर्नेमा त्यो शुरसार छैन्  । त्यस उमेर समुहकालागी खोपको प्रबन्ध गर्ने कुनै कार्ययोजना छैन । 

३. प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले  २ लाख पनि पुरा गर्न सकेको छैन् । खोप केन्द्रमा देखिएको भिडभाडले खोप केन्द्र संक्रमणको थलो बनी रहेका छन । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरुलाई सहज र सरल ढंगले खोपप्राप्त गर्ने वातावारण बनाउने र बृद्धबृद्धा, गर्भवती महिला, बालबालिका, अपाङ्ग, र अशक्तहरुलाई घर–घरमै खोप सेवा पुर्याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।

nimb
nimb
Ncell 2
Ncell 2

४. खोपको गुणस्तरियता, भण्डारण व्यवस्था, आपूर्ति व्यवस्थाका बारेमा विज्ञहरुबाट पट्क पट्क प्रश्न उठदै आएको छ  त्यसको चित्तबुझ्दो जवाफ र योजना सुन्न पाईएन्न । गायव २४ लाख डोजको खोजिनिती गर्ने र गल्ती गर्नलाई कार्वाही गर्ने कुरा त झन छदैछन् । थप २० लाख डोज खोपको अभिलेख नै छैन ।  

५. तेस्रो लहरमा आजका दिनमा करिब एकहजार स्वास्थ्यकर्मीहरु स्वयम सक्रमित भएका छन्। यो संख्या  प्रत्येक दिन थपिंदै जानेछ । उनीहरुलाई उपचार गरी काममा फर्काउन, थप स्वास्थ्यकर्मीलाई  संक्रमित हुनबाट जोगाउन, उनीहरुले पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र प्रयाप्त मात्रामा जनशक्तिको व्यवस्थामा कुनै योजना र प्रतिवद्धता प्रधानमन्त्रीको वक्तव्यमा देखिएन् 

६. स्वास्थ्य जनशक्तिको थप प्रवन्ध र स्वास्थ्य पुर्वाधारमा कतै पनि  प्रतिवद्धता देखिएन् । उल्टै अधिल्लो सरकारले बिनियोजन गरेको बजेट कटौती गरिएको छ ।  

७. लाखौँ नागरिकले पाउनु पर्ने कोरोना बीमा बापतको रकम विमितहरुले कहिले पाउँछन? एक शब्द पनि बोलिएको छैन् । 

८. ट्रेसिङ, टेस्टिङ्, आईसोलेस, होल्डीङ, ट्रिट्मेन्ट जस्ता अनिवार्य दायित्वबाट सरकार भागिसकेको छ । 

९. कोरोनाबाट उत्पन्न नकारात्मक परिस्थितिबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने र बैकल्पिक  रोजगारीका माध्यमवाट तल्लो वर्गलाई रोजी–रोटीबाट बन्चीत हुन नदिने भन्ने बारेमा कुनै भरपर्दो  योजना नै छैन् ।

१०. आजसम्म  पिसिआर टेस्ट र उपचारमा मात्र नागरिकको तर्फबाट अरर्वौ अरब पैसा खर्च भैसकेको छ ।  अब सर्वसाधारणको खल्ती रित्तो भैसक्यो । संक्रमण र महामारीमा सरकारले खर्चको दायित्व वोक्नु पर्छ तर प्रधानमन्त्रीलेले कोरोनाको टेष्ट र उपचार निशुल्क गर्नु पर्ने संवैधानिक  दायित्वलाई पुरै वेवास्था गर्नु भएकोछ । 

११. कोरोनाको बारेमा विज्ञहरुको राय अनुसार चल्ने, अध्ययन अनुसन्धान गर्ने , राजनीतिक समन्वय र परिचालन गर्ने, तिन तहका सरकारबिचमा कार्यमुलक सम्बन्ध स्थिापीत गर्ने र आम जनतालाई विश्वासमा लिने सवालमा सरकार पुरै असफल साबित भएको छ । 

१२. प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो बक्तब्य सरकार पुर्णत असफल भएको स्वयमको घोषणा हो ।
 

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने उनका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ। अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र ख... बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन पार्टीको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “स्थानीय निर्वाचन उम्मे... बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रेडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनु... बिहीबार, वैशाख १०, २०८३
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्