काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत नर्विच सिटीले सहज जित निकालेको छ। शुक्रबार राति सम्पन्न खेलमा नर्विचले वाट्फोर्डलाई ३–० गोल अन्तरले हराएको हो।
नर्विचको जितमा जोस सर्जेन्टले दुई गोल गरे भने एक गोल उपहार पाएको थियो। खेलको ५१ औं मिनेटमा जोशले गोल गर्दै नर्विचलाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो प्रिमियर लिग गोल हो ।
खेलको ७४ औं मिनेटमा जोसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। खेलको ७८ औं मिनेटमा इमानुएल डेनिसले रातो कार्ड पाएपछि वाट्फोर्ड १० खेलाडीमा समेटिएको थियो। खेलको इन्जुरी समयमा जुराज कुकाले आत्मघाती गोल गरेपछि नर्विच ३–० ले विजयी भयो।
जितसँगै २२ खेलमा १६ अंक जोडेको नर्विच १७औं स्थानमा रहेको छ। पराजित वाट्फोर्ड भने १४ अंकका साथ १८औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।