काठमाडौं- सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिकाे बैठक अहिले बालुवाटारमा जारी छ। भर्खरै सुरु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'को स्वकीय सचिव रमेश मल्लले बताए।
बैठकमा आगामी निर्वाचन र कोरोना संक्रयणमा केन्द्रीत भएर छलफल हुने बताइएको छ। निर्वाचन आयोगले वैशाखमा स्थानीयतहको निर्वाचन गर्ने प्रस्ताव गरेको छ।
यद्यपि, सत्तारुढ दलमा स्थानीय निर्वाचनमा विषयमा एकरुपता कायम हुन सकेको छैन। तर, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संघीय र त्यसपछि स्थानीयतहको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
ती सबै निर्वाचनका विषयमा सत्तारुढ दलमा एक मत भएपछि निर्वाचनको मिति घोषणा हुन सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।