काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन्। सरकारका उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले संघको कार्यक्षेत्र अन्तर्गत १७७ किलोमिटर सडक कालोपत्रे गरिएको बताएका हुन्।
शुक्रबार विशेष सम्बोधन गर्दै उनले भने, 'संघीय सरकारको कार्यक्षेत्रमा पर्ने १७७ किलोमिटर सडकमा कालोपत्रे भएको छ।'
यो अवधिमा ८२ वटा झोलुंगे पुल निर्माण भएको उनले जानकारी दिएका छन्। यसैगरी, नौबिस-नागढुंगा सुरुङमार्गमा २ किलोमिटर सम्पन्न भएको बताएका छन्।
संघीय संसद भवनको निर्माण कार्य सन्तोषजनक रुपमा अघि बढेको देउवाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।