काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै काठमाडौंमा पानी वितरण गरिने दाबी गरेका छन्।
गत असारमा आएको सिन्धुपाल्चोकको भ्रेमाथाङको बाढीले क्षतिग्रस्त बनेको आयोजनाको मुहान क्षेत्रको मर्मत गरी यस वर्षभित्र काठमाडौंमा पानी वितरण गरिने देउवाको भनाइ छ।
गत असार अगाडि नै परीक्षणका रुपमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न थालिएको थियो। तर, असार १ गते आएको बाढीले आयोजनाको मुहान क्षेत्र बगाएको थियो।
बाढीले ठूलो क्षति पुर्याएपछि अन्यौलमा रहेको आयोजनाबारे प्रधानमन्त्री देउवाले मर्मत गरी काठमाडौंमा पानी ल्याउने दाबी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।