प्रधानमन्त्री देउवा, फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अबको १ वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व भएको देउवाको भनाइ छ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनको पूर्व तयारी गर्न पनि निर्वाचन आयोगसहितका 'सम्बन्धित'पक्षलाई आग्रह गरे।
‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ। निर्वाचनका पूर्व तयारीका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु,’ देउवाले भने।
स्थानीय निर्वाचन प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा आशंका वढेको समयमा उनले आफ्नो सम्बोधनमा एक वर्षभित्र तीनै तहका निर्वाचन सम्पन्न गर्ने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।