फाइल तस्बिर।
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारी अस्पतालमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गरिएको दाबी गरे। कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको पनि बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक गतिविधि सुरु भएको दाबी गर्दै अहिले आर्थिक गतिविधि बढेको बताए।
बजेट प्रतिस्थापन विधेयक कार्यान्वयनमा ल्याएपछि राजश्व संकलनमा वृद्धि भएको प्रधानमन्त्री देउवाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।