काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले १ वर्षभित्र तीनै तहको निर्वाचन गर्ने दायित्व सरकारको रहेको बताए।
प्रधानमन्त्री देउवाले संघीय संसद्मा अहिले जारी अवरोध हटाउन पनि छलफल गरिने बताए। सबै दलहरुसँग छलफल गरेर संसद्को अवरोध हटाइने देउवाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।