काठमाडौं- अर्ली इलेक्सनमा आफूहरूको असहमति नरहेको नेकपा एमालेको महासचिव शंकर पोखरेलले बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अघि सारेको अर्ली इलेक्सनमा जान एमाले तयार रहेको उनले संकेत गरेका हुन्।
संविधान विघटन गरेर यसअघि नै चुनावमा जान खोजेको एमालेले अर्ली इलेक्सन नभइ चुनाव नै नगराउने कुनियतको विरोध गरिररहेको उनले स्पष्ट पारेका छन्।
पुरानो जनादेश खण्डित भएकाले नयाँ जनमतमा जाने चाहना एमालेको रहेको उनको भनाइ छ।
उनले भनेका छन्, 'नेकपा (एमाले)को असहमति अर्लि इलेक्सनप्रति होइन। पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा (एमाले)को चाहना नै हो।'
विभिन्न बहानामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँचदलीय गठवन्धनको कुनियत रहेको उनको भनाइ छ। यसप्रति एमालको गम्भीर असहमति रहेको पोखरेलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।