काठमाडौं– पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेका कारण राति साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो।
नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार रातिदेखि नै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो।
झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको थियो । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।