काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले पनि जारी र पूर्व प्रकाशित परीक्षा तालिका अनुसारका सवै परीक्षा स्थगित गरेको छ।
शुक्रबार सूचना जारी गर्दै स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।
'विभिन्न शैक्षिक कार्यक्रम (वर्ष / सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (ओमिक्रोन भेरिएण्ट) को तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको छ,' विश्वविद्यालयको सूचनामा भनिएको छ।
यसअघि नै त्रिभुवन विश्वविद्यालय तथा मध्यमश्चिम विश्वविद्यालयले पनि परीक्षाका सबै कार्यक्रम स्थगित गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।