फाइल तस्बिर
काठमाडौं– हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ।
मकवानपुरको सिमभञ्ज्याङमा बिहीबार रातिदेखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको हो। यसअघि गत पुस १४ मा पनि हिमपातका कारण सो राजमार्ग अवरुद्ध भएको थियो।
सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिएको मकवानपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।