काठमाडौं– राष्ट्रिय सभाका पूर्वसदस्य तथा व्यवसायी लक्ष्मीदास मानन्धरको निधन भएको छ। उनको ९४ वर्षको उमेरमा गएराति ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
उनी लामो समय साल्ट ट्रेडिङ्गको अध्यक्ष रहेका थिए। नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न र मूल्यमा एकरूपमा कायम गराउन उनको महत्त्वपूर्ण भूमिका छ।
उनलाई नेकपा एमालेले २०५८ सालमा राष्ट्रिय सभामा सदस्य बनाएको थियो। राष्ट्रिय सभाका सदस्यका रुपमा रहे पनि उनी राजनीतिमा कम र व्यवसायमा नै बढी सक्रिय रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।