काठमाडौं– पत्रकार एलबी (लालबहादुर) विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ।
अछामको रामारोशन स्थायी ठेगाना भएका टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीबार बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको हो।
पत्रकार विश्वकर्माको २४ वर्षको अल्पायुमै असामयिक निधन भएको भन्दै नेपाल पत्रकार महासंघले दु:ख व्यक्त गरेको छ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्याइएका विश्वकर्माको उपचारकै क्रममा बिहीबार बिहान ३ बजे निधन भएको हो। पत्रकार विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन्।
'पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको छ। यो अत्यन्त दुःखद् र गम्भीर विषय हो', महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।